Pages

Saturday, December 7, 2019

हिमाली प्रदेशको विभाजन र विशेषता

#मुख्य हिमाली क्षेत्र#
* नेपालको सबैभन्दा उच्च हिमाली श्रृङ्खला नै मुख्य हिमाली क्षेत्र हो ।

* उच्च क्षेत्र भएकोले हिउँ पर्ने, पर्वतहरू हिउँले ढाकिरहने, वर्षा तथा ताप न्यूत
भएकोले यस क्षेत्र धरातलीय रुपमा भिरालो रहेको छ ।

* सरदर ५००० मि. देखि८८४८ मि. उचाइसम्म फैलिएको छ।

* नेपालमा विभिन्न २८ ओटा हिमश्रृङ्खला रहेको छ । हिमश्रृड्खलाहरूमा ८ हजार
मिटरभन्दा अग्लो प्रसिद्ध ८ हिमशिखरहरू रहेका छन्‌ ।

* ८००० मिटरदेखि माथिका उचाइ भएका हिमालहरू महालंगु्र, कम्भकर्ण,
रोल्वालिङ, अन्नपूर्ण, धौलागिरी, अपिसैपाल जस्ता हिमश्रृंखलाहरू तथा ८०००
मिटरमाथिका विश्वका १४ हिमशिखरमध्ये ८ हिमशिखर यसै क्षेत्रमा पर्दछन्‌ ।

#भित्री हिमाली क्षेत्र#

* सीमान्त हिमाल क्षेत्र भन्दा उत्तर र मुख्य हिमाल क्षेत्र भन्दा दक्षिणतर्फ रहेको क्षेत्र नै भित्री हिमाल क्षेत्र हो ।
* यो क्षेत्रको उचाई समुद्री सतहबाट करिब २६ सय मिटरदेखि ५ हजार मिटरसम्म रहेको छ ।
* वरिपरि उच्च हिमश्रृंखला रहेको कारण सधैं चीसो बरफ ढाकी रहने।
* हिमालय उपत्यका हुम्ला,मुगु,डोल्पा, मनाङ, थाकखोला, केरुङ, रूङ्सार,कुनाङ आदि रहेको ।

# सीमान्त हिमाली क्षेत्र #

* भित्री हिमालभन्दा दक्षिणतर्फ भित्री हिमालभन्दा होचा पहाडहरु यसअन्तर्गत पर्दछन्।
* होचा हिमालहरू र भञ्ज्यानहरू सीमान्त हिमाली क्षेत्रअन्तर्गत रहेका छन्।
* गुराँस, चण्डी,गोरख,कान्ति,मुस्ताङ र नलाङकर जस्ता भञ्ज्याङ र हिमश्रृङ्खला  यस अन्तर्गत पर्ने ।
* मुख्य हिमालदेखि करिब 30-40 किलो मिटर चौडाइमा फैलिएको।
* प्राय: सुख्खा, चिसो र उजाड रहने।
* बसोबास र खेतीपातीका लागि अनुपयुक्त।

No comments:

Post a Comment